सूचनाको शक्ति - The Power Of Information

        

भूकम्प मापन तथा अनुसन्धान केन्द्र

बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प

पश्चिम नेपालमा धक्का महसुस

 बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो।

मध्यराति भूकम्प गएपछि नागरिक घरबाहिर निस्किएका थिए । यसअघि साउनको २१ गते नुवाकोटको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार ०८:३२