सूचनाको शक्ति - The Power Of Information

        

प्रेस युनियन केन्द्रिय सदस्य शोभालाई बाँकेमा सम्मान

नेपाल प्रेस युनियन केन्द्रिय सदस्य शोभा केसीलाई गृह जिल्ला बाँकेमा बिहिबार सम्मान गरिएको छ ।

नेपाल प्रेस युनियन बाँके शाखाले केसीलाई सम्मान गरेको हो । प्रेस युनियन बाँकेको कार्यालय परिसरमा अध्यक्ष अर्जन ओली र सचिव विजय मल्लले केसीलाई सम्मान गरेको थिए ।

कार्यक्रममा अध्यक्ष ओलीले व्यवसायिक पत्रकारिताको विकासमा केसीले थप योगदान गर्ने विश्वास लिएको बताए । कार्यक्रममा ओलीले केन्द्रिय सदस्य केसीलाई सम्मान पत्र, नेपाल प्रेस युनियन बाँके अंकित ज्याकेट, भित्रे पात्रो प्रदान गरेका थिए ।
गृह जिल्लामा सम्मान पाउँदा खुसी लागेको केन्द्रिय सदस्य केसीले बताईन ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १८:०६