जापान सरकारले युवा पुस्तालाई मदिरा पिउने बानी बढाउन आग्रह गरेको छ ।
कोरोना संक्रमणपछि रेष्टुराँ, बार, नाइट क्लवहरुको ब्यापार सुक्दा मदिरा कम्पनीहरुको नाफा चौपट भएको र त्यसले सरकारको राजस्वमा समेत नराम्रो धक्का लागेको भन्दै सरकारले नै युवा पुस्तालाई मदिरा पिउन प्रेरित गरेको हो ।
त्यहाँको राष्ट्रिय कर नियोगले युवा पुस्तालाई कसरी मदिराप्रति आकर्षित गर्न सकिन्छ भनेर अभियान नै संचालन गरेको छ ।
तीन महिनाका लागि मदिरा पिउँ अभियान संचालन गरेको नियोगले विभिन्न प्रतियोगिता समेत गर्ने भएको छ ।
नयाँ नयाँ स्वादका मदिरा, आकर्षक मदिराका बोतलहरु, विभिन्न खाले अफरहरु र मदिरा बिक्रीका अजीव तरिका अपनाउन पनि आह्वान गरिएको छ ।
जापानमा निरन्तर घटिरहेको जनसंख्याले पनि मदिराको ब्यापारमा असर गरिरहेको छ भने विवाह र जन्मदर नै घट्दा उत्सवहरु पनि कम हुदै गएका छन् । जसका कारण रंग रमाइलोमा हुने खर्च पनि खुम्चिंदै गएको छ ।
कोरोना संक्रमण अघिसम्म जापानमा मदिरा सेवन निकै ठूलो सामाजिक समस्याको रुपमा रहेको थियो ।
सत्यपाटी । काठमाडौँ ।