सूचनाको शक्ति - The Power Of Information

        

चितवनको कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

 चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किँदा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका-६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार ०९:०३