सूचनाको शक्ति - The Power Of Information

        

मेयर हर्क साम्पाङद्वारा अहिलेसम्म भएका कामको विवरण सार्वजनिक

सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्क राज राई) ले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले १३ बुँदामा विवरण सार्वजनिक गर्नुभएको हो ।

गएको वैशाख ३० गते भएको पालिका चुनावमा साम्पाङ स्वतन्त्रबाट धरान उप–महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।

उहाँले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरुवात गरेको, चार ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, ६ लाख बिरुवा रोपेको, सरसफाइमा देखिने गरी सुधार ल्याएको उल्लेख गर्नुभएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य, प्रशासनिक सुधार र शान्तिसुरक्षा, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको, बाटो मर्मत सम्भार तथा तटबन्धन र विपद् व्यवस्थापन लगायतका काम गरेको उल्लेख गर्नुभएको छ।

काठमाण्डौ महानगरको फोहर व्यवस्थापनका बारेमा सामाजिक सञ्जालमा लेखेपछि अहिले मेयर राईको टिका–टिप्पणी भइरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार ०८:३४