सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।

बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुने छ ।

सिट बाँडफाँटको प्रस्ताव ल्याउन शीर्ष नेताहरुले कार्यदल गठन गरे पनि कार्यदलले खाका तयार पार्न सकेको छैन ।

सिट बाँडफाँटको खाका तयार पार्न नसकेपछि कार्यदलको मंगलबारको बैठकमा शीर्ष नेताहरुसँग छलफल गर्ने सहमति भएको थियो । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउने छन् ।

कार्यदलका एक जना सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरुले सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेको भन्दै त्यसलाई केन्द्रमा राखेर निष्कर्षको चरणमा अगाडि बढेको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार ०८:१४