सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा निःशुल्क दमकल सेवा शुरु

कोहलपुरमा कहि कतै आगलागी भएमा १०१ मा फोन गरे तुरुन्तै दमकल घटनास्थलमा आइपुग्नेछ । भनिन्छ, विपद बाजा बजाएर आउँदैन । विपदपछि समयमा प्रतिकार्य गर्नसके जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

जसका लागि कोहलपुरमा आवश्यक औजार–उपकरणसहितको निःशुल्क इमर्जेन्सी दमकल नम्बर १०१ सुरु गरेको छ । दमकल सेवा बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक शुरु गरिएको हो ।

विकसित मुलुकमा अग्नि नियन्त्रण गर्ने कार्यालयलाई उच्च प्राथमिकताका साथ आवश्यक स्रोतसाधन र जनशक्तिले सुसज्जित गरिएको हुन्छ । हाम्रोमा भने दमकल सेवा सरकारी प्राथमिकतामा परेको यसको विकासक्रमले पुष्टि गर्छ ।

कोहलपुर नगरपालिकामा आगलागी भयो भने कहाँ फोन गर्ने, कसलार्ई फोन गर्ने जस्ता गुनासा आएकोले इमर्जेन्सी नम्बर १०१ सुरु गरेको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख अधिकृत टिकाराम ढकालले विभिन्न किसिमका फोनहरु आउने गरेको र आगलागी वा इमेर्जेन्सी कल मात्र गर्ने आग्रह गरेको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार ०७:२४