सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरको जंगलमा एक बालकको शव फेला, एक पक्राउ

 कोहलपुरको जंगलमा एक बालकको शव फेला परेको छ । कोहलपुर वडा नम्बर ७ स्थित आरती जंगलमा एक बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुर वडा नम्बर १४ बस्ने अन्दाजी १५ वर्षीय बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले बताए । मृतक बालकलाई भाटा तथा लठिले हानेर मारेको जस्तो घाउहरु देखिएको प्रहरिको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

साथै अनुसन्धानकै क्रममा शंकास्पद एक ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १९:४६