सूचनाको शक्ति - The Power Of Information

        

समाज

‘पुरुषहरू धेरै काम गर्छन्, महिलाहरूलाई फुर्सद कम हुन्छ’

यसले सम्भावित रूपमा महिलाहरूले सामना गर्ने कडा लैंगिक मूल्य मान्यताहरूलाई संकेत गर्दछ । जसले तिनीहरूको आवागमन र त्यस्ता गतिविधिहरूमा सहभागितालाई अवरोध गर्दछ ।

बीस वर्षका युवाहरू देशको मेरुदण्ड हुन् । कुनै युवाको जीवनमा यी वर्षहरू शिक्षा पूरा गरेर करिअर सुरु हुन्छ । यही बेलामा धेरैले विवाह गरेर आफ्नो परिवारको नयाँ जिम्मेवारी लिन्छन् । देशको कुल जनसंख्याको औसत उमेर २९ वर्ष रहेको भारत विश्वको सबैभन्दा धेरै युवा जनसंख्या भएको देश हो ।

आज यस उमेर समूहका मानिसहरूले आगामी वर्षहरूका सबैभन्दा ठूलो जनसंख्याको लागि काम गर्दैछन् र यसरी भारतीय अर्थतन्त्रको विस्तारमा सबैभन्दा बढी योगदान पुर्याएका छन् । त्यसकारण युवा पुरुष र महिलाहरूले कसरी आफ्नो समय बिताउँछन् भन्ने कुराले उनीहरूले हामीलाई समाज सञ्चालनको बारेमा जानकारी दिन्छ ।

युवा वयस्कहरू बीच विभाजन

राष्ट्रिय प्रतिनिधि तथ्यांकको प्रयोग गर्दै भारतका लागि गरिएको समय उपयोग सर्वेक्षण २०१९–०२०, हामीले भारतमा औसत रोजगारीमा रहेका युवा वयस्कले आफ्नो दिन कसरी बिताउँछन् र पुरुष तथा महिलाबीच यो तरिका फरक छ कि छैन भनेर अन्वेषण गरेका छौं ।

सर्वेक्षणका अनुसार भारतका ग्रामीण र शहरी क्षेत्रमा क्रमशः ७८ प्रतिशत र ७० प्रतिशत पुरुष युवा तलबमा काममा थिए र युवतीहरूको हकमा सो अनुपात क्रमशः १६ प्रतिशत र १७ प्रतिशत थियो ।

सर्वेक्षणले कुनै व्यक्तिले सन्दर्भ वर्षको प्रमुख समय (छ महिना वा सोभन्दा बढी)मा तलब प्राप्त गर्ने काम गरेको छ भने काम गरेको घण्टा संख्यालाई ख्याल नगरी तिनीहरूलाई ‘रोजगारीमा भएको’ भनी वर्गीकरण गरेको छ ।

औसतमा, सहरी भारतका युवा पुरुषहरूले सबैभन्दा धेरै घण्टा दैनिक ८.५ घण्टा र त्यसपछि ग्रामीण भारतका युवाहरूले ७ घण्टा भन्दा बढी काम गर्छन् । सहरी क्षेत्रमा कार्यरत युवतीहरूले ६ दशमलव ५ घण्टा काम गरे भने ग्रामीण क्षेत्रमा तलबमा कार्य गर्ने समय औसतमा ४ घण्टा ४५ मिनेट काम गर्ने गरेको पाइएको थियो ।

यो ढाँचाले विशेष गरी ग्रामीण क्षेत्रमा कार्यरत महिलाहरूको ठूलो अनुपात आंशिक समय रोजगारीमा रहेको सुझाउँछ । तलबमा काम गर्ने युवतीहरूले पुरुषको तुलनामा मौद्रिक प्रतिफलको लागि काममा कम समय बिताए पनि घरेलु काममा धेरै समय बिताउने गर्छन् ।

ग्रामीण भारतमा तलबी काममा कार्यरत युवतीहरूले घरको काममा करिब ४ घण्टा ५० मिनेट बिताउँछन् भने सहरी क्षेत्रका महिलाहरूले घरेलु काममा करिब २ घण्टा ४५ मिनेट बिताउँछन् । यसको विपरित, रोजगारी पाएका युवाहरूले ग्रामीण र सहरी क्षेत्रमा क्रमशः ४० र ३० मिनेट मात्रै घरेलु काममा बिताउने गर्छन् ।

विवाहले के गर्छ ?

वयस्क युवाहरूको वैवाहिक अवस्थालाई ध्यानमा राखेर दैनिक समयको उपयोगको थप विश्लेषणले विवाहले कसरी घरेलु काम र बाल हेरचाहको बोझ महिलाहरूमा सार्छ भन्ने कुरा प्रकट गर्छ । एउटी अविवाहित बेरोजगारी युवतीले करिब डेढ घन्टा यी गतिविधिमा बिताएकी थिइन् भने उनको विवाहित समकक्षीले करिब साढे पाँच घण्टा बिताएका थिए ।

यसको विपरित, एक अविवाहित पुरुषले घरेलु काममा लगभग २५ मिनेट बिताएका थिए भने विवाहित पुरुषले तलबी काममा ४७ मिनेट बिताएका थिए । सारमा, विवाहले पुरुषहरूको दैनिक समय प्रयोगको ढाँचामा धेरै फरक पारेको देखिँदैन, तर यसले महिलाहरूको लागि फरक पार्छ, र यो परिवर्तन महत्वपूर्ण छ ।

युवा पुरुषहरूले तिनीहरूको रोजगारीको स्थितिलाई ध्यान नदिई, युवा महिलाहरूको त्यस्तै समूहको तुलनामा, सामुदायिक र सामाजिक कार्यमा संलग्न हुने सम्भावना बढी थियो । यो भिन्नता ग्रामीण क्षेत्रमा उच्च छ । यसले सम्भावित रूपमा महिलाहरूले सामना गर्ने कडा लैंगिक मूल्य मान्यताहरूलाई संकेत गर्दछ ।

जसले तिनीहरूको आवागमन र त्यस्ता गतिविधिहरूमा सहभागितालाई अवरोध गर्दछ । जहाँसम्म फुर्सदका गतिविधिमा बिताउने समयको सवाल छ, सबै युवा रोजगारीमा रहेका वयस्कहरूले औसतमा १ घण्टा ४५ मिनेट बिताउँछन् जबकी कामकाजी ग्रामीण महिलाहरू ले करिब १ घन्टा २० मिनेट बिताउँछन् ।

यसबाट महिलाहरूले भन्दा पुरुषहरूले घरेलु काममा बढी समय बिताएको देखिन्छ । तलबमा काम गर्ने विवाहित युवतीले अन्य सबै समूहको तुलनामा फुर्सदका गतिविधिहरूमा कम समय व्यतीत गर्ने गरेको पाइएको छ । विभिन्न प्रकारका मनोरञ्जन गतिविधिहरूमध्ये, अधिकांश समय आमसञ्चारमा बिताएको पाइएको छ ।

शहरी क्षेत्रका रोजगार वयस्क युवाहरूले प्रति दिन लगभग १ घण्टा १० मिनेट बिताउँछन् भने ग्रामीण क्षेत्रका रोजगार पुरुषहरूले आमसञ्चार गतिविधिहरूमा करिब एक घण्टा र महिलाहरूले करिब ५० मिनेट बिताए । वयस्क युवाहरूले तलबी काममा हरेक दिन औसतमा लगभग २० देखि ३४ मिनेट आराम गर्न खर्च गरे, पुरुषहरू माझ पनि खेलकुद र सांस्कृतिक गतिविधिहरूमा उनीहरूको सहभागिता नगण्य थियो ।

१५ प्रतिशत पुरुष युवा शिक्षामा र १६ प्रतिशत बेरोजगार युवाले खेलकुद गतिविधिमा भाग लिएको बताइएको छ । बाँकी वयस्क युवाहरूको लागि, १० मध्ये १ भन्दा कमले खेलकुद–व्यायाममा समय बिताएको पाइएको छ, र खासगरी ग्रामीण क्षेत्रमा यो अनुपातले ठूलो लैंगिक विभाजन देखाउँछ ।

स्पष्टरूपमा, फुर्सदका क्रियाकलापलाई केही शारीरिक गतिविधिहरूसँग पुनः सन्तुलनले परिणाममा वयस्क युवाहरूको लागि स्वस्थ जीवनशैली प्राप्त हुनेछ । अन्तमा, सबैभन्दा बढी समय व्यतीत हुने ठूलो क्रियाकलाप आफ्नो हेरचाह र सुताइमा प्रयोग हुने ११ देखि १२ घण्टाको समय हो ।

सहरी क्षेत्रका युवतीहरूले आफ्नो हेरचाह र सुताइका लागि सबैभन्दा कम अर्थात् औसतमा ११ घण्टाको समय बिताए जबकि ग्रामीण क्षेत्रका युवाहरूले अधिकतम समय, लगभग ११ घण्टा र ५० मिनेट यी गतिविधिमा बिताए ।

भारतीय वयस्क युवाहरूले तलबी काममा कसरी आफ्नो समय बिताउँछन् भन्ने माथि उल्लेखित ढाँचाले हामीलाई भारतमा ग्रामीण–शहरी र लैङ्गिक आधारका भिन्नताहरूको झलक दिन्छ । (सौम्य धनराज, विद्या महाम्बारे र साम्भवी चन्द्रको द प्रिन्टमा प्रकाशित आलेखमा आधारित ।)

 

प्रस्तुती : मनोजराज रेग्मी । आइएनएस–स्वतन्त्र समाचार

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १६:०४