सूचनाको शक्ति - The Power Of Information

        

लागु औषधसहित बाँकेमा दुई जना पक्राउ

 नेपालगञ्जको जमुनाहा नाकाबाट प्रतिबन्धित लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ का प्रमोद सिंह ठाकुर र विकास सिंह ठाकुरलाई ५ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालले बताए ।

रुपईडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे ८ प १७५३ नम्वरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा प्रमोदले हातमा मुठ्ठी पारेको अवस्थामा ब्राउनसुगर बरामद भएको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार १९:३८