सूचनाको शक्ति - The Power Of Information

        

विनेसामको मधेश प्रदेश शाखा गठन (सूचीसहित)

विश्व नेपाली साहित्य महासंघ (विनेसाम)को मधेश प्रदेश शाखाका सोमबार गठन गरिएको छ । वरिष्ठ गजलकार बुँद राना (भैरहवा)को प्रमुख आतिथ्यतामा विनेसामको ३३ सदस्यीय मधेश प्रदेश शाखाका गठन गरिएको हो ।

मधेस प्रदेश शाखामा सात जना सल्लाहकारसमेत चयन गरिएको छ । गठीत शाखाको भर्चुअल माध्यमबाट नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ले नेपालगन्जबाट मधेश प्रदेश शाखाको घोषणा गरेकी थिइन् ।

विशिष्ट अतिथि विनेसामका केन्द्रीय समिति अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले लखनऊबाट समीक्षक प्रा डा गोविन्दमान सिंह कार्की, स्रष्टा अम्बिका अनमोल तथ मधेश प्रदेशका अध्यक्ष मणिराज दहाल लगायत शाखाका सम्पूर्ण सदस्यलाई बधाइ दिएका थिए ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल शाखालाई बधाइ दिँदै विनेसामका केन्द्रीय समिति अध्यक्ष लिम्बुले आगामी दिनमा अन्य प्रदेश र जिल्लामा पनि शाखाहरू गठनलाई तीव्रता दिन अनुरोध गरेका छन् ।

धरानबाट केन्द्रीय सल्लाहकार भिम बिरही राईले पनि नयाँ कार्य समितिलाई बधाई दिएका छन् । कार्यक्रममा केन्द्रीय सल्लाहकार बिरहीले आफैं संलग्न भारत चीन लडाइँको समय भोगेका अनुभूति समेटिएको कविता वाचनसमेत गरेका थिए ।

त्यस्तै इजराइलबाट केन्द्रीय महासचिव सुनिता राई कङ्दङ्वाले मधेस प्रदेश शाखालाई बधाई ज्ञापन गरेकी थिइन् । कार्यक्रममा नेपाल शाखाका सल्लाहकार मणिराज सिंहले पनि नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै नेपाल शाखालाई धन्यवाद दिएका छन् ।

त्यसैगरी काठमाडौं शाखाकी सहसचिव सरस पाण्डेले शुभकामना व्यक्त गरेकी छन् । जनकपुरबाट मधेश प्रदेशका अध्यक्ष मणिराज दहालले अध्यक्षको जिम्मेवारी प्राप्त भएकोमा नेपाल शाखालाई धन्यवाद दिँदै प्रदेशमा साहित्यिक गतिविधिलाई तीव्रता दिने बताए ।

कार्यक्रममा काठमाडौंबाट प्रा डा गोविन्दमान सिंह कार्कीले अम्बिका याम्फु ‘अनमोल’द्वारा लिखित ‘मोहक मकालु’ मुक्तक संग्र्रहको समीक्षा गर्दै यो कृति नेपाली साहित्यमा एउटा गहकिलो कृतिका रुपमा स्थापित हुने बताए ।

विनेसाम नेपाल शाखाकी बरिष्ठ उपाध्यक्ष केशु पोखरेल खनालले भरतपुरबाट स्वागत मन्तव्यसहित रचना वाचन गरेकी थिइन् । काठमाडौंबाट विशिष्ट अतिथि कवि तथा एलाक प्रवर्तक डम्बर पहाडी ‘एलाक’ले केही एलाकहरूसहित एउटा कविता वाचन गरे ।

महासचिव अम्बिका याम्फु ‘अनमोल’ले काठमाडौंबाट सञ्चालन गरेको कार्यक्रममा साहित्यकार राकेशकुमार झा, प्रेम घिमिरे, कुमार दहाल, सुनिता राई कङ्दङ्वा, अम्बिका अनमोल, राजेश्वरी काफ्ले लगायतले कविता वाचन गरेका थिए भने कार्यक्रमको समापन कविता वाचनसहित नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ले गरेकी थिइन् ।

मधेश प्रदेश शाखा कार्यसमिति

पदाधिकारीहरू

१) मणिराज दहाल – अध्यक्ष (जनकपुर)
२) गोपाल यादव – उपाध्यक्ष, (गौशला), महोत्तरी
३) मोहन महतो कोइरी – सचिव (महोत्तरी)
४) सरु बस्नेत – सहसचिव, निजगढ,बारा
५) अनु खनाल – कोषाध्यक्ष, बर्दिबास
६) अम्बिका पोख्रेल कार्की – सह कोषाध्यक्ष, सर्लाही

सदस्यहरू

७) हरिप्रसाद सापकोटा, सिमरा
८) मीना देवकोटा, लालबन्दी
९) राजेश्वरी काफ्ले, लालबन्दी
१०) नवीन पौडेल, फत्तेपुर, सप्तरी
११) ज्योति घिमिरे, गोदार, धनुषा
१२) रमेश अजीव रश्मी, चेरु, खयरमारा
१३) प्रेमकुमार घिमिरे अग्नि कवाज, बर्दिबास
१४) बिपीराज दहाल, ढल्केवर, धनुषा
१५) राकेशकुमार झा, जनकपुर
१६) निर्मल पौडेल, महोत्तरी
१७) सुर्या लामा, गौशाला, महोत्तरी
१८) चिरन्जिवी सापकोटा,
१९) सीता शर्मा,
२०) भागिरथी प्रकृति,
२१) समीक्षा सुवेदी, बारा
२२) बीरेन्द्र यादव, महोत्तरी
२३) रोमा लम्साल (नुरा), सप्तरी
२४) नारायण घिमिरे, बर्दिबास
२५) भिमकुमार राउत, गौरिबास
२६) रामचन्द्र पौडेल, बर्दिबास, महोत्तरी
२७) कुमार दहाल कुसुम, बागमती नगरपालिका सर्लाही ।
२८) शिवेन्द्र यादव, धनुषा
२९) सबनम यादव, धनुषा
३०) सूर्यनारायण मंडल, धनुषा
३१) मनोज साह, धनुषा
३२) धर्वेन्द्र यादव, महोत्तरी
३३) शिवनन्दन यादव, महोत्तरी

सल्लाहकारहरू

१) प्रा डा राजेन्द्र बिमल
२) डा रामभरोस कापडी
३) डा रामदयाल राकेश
४) मणिराज सिंह
५) पूनम झा
६) धिरेन्द्रकुमार मण्डल
७) दीक्षा सुवेदी ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ११:४१