सूचनाको शक्ति - The Power Of Information

        

जोन अब्राहमको नयाँ फिल्मको मिति घोषणा

बलिउड अभिनेता जोन अब्राहमले भारतीय स्वतन्त्रता दिवसको अवसर आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् ।

उनको फिल्मको नाम ‘तारिक’ हो । उनले सामाजिक सञ्जालमार्फत यो फिल्म आगामी वर्ष १५ अगस्टमा स्वतन्त्रता दिवसकै अवसरमा रिलिज हुने खुलासा गरेका छन् ।

यो फिल्ममा अभिनयका अलावा जोन सह निर्माता पनि हुन् । जोन अब्राहमले फिल्मको रिलिज मिति घोषणा पोस्टर सेयर गर्दै लेखे, “आजादी की ‘तारिक’ १५ अगस्ट २०२३।

‘तारिक’ तेहरान र बाटला हाउस पछि ‘बेक माई केक फिल्म्स’ सँगको हाम्रो अर्को सहकार्य हो। राम्रो कथाहरू सुनाउने स्वतन्त्रता समय मनाउनु।”

अरुण गोपालनको निर्देशन रहने फिल्ममा जोन अब्राहम, सन्दीप लेजल र शोभना यादवले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मको कथा ललित मराठेले लेखेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ०९:५३