प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न दिएको समय आज सकिँदैछ ।
हिजोसम्म ६२ दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय मान्यता प्राप्त दलमध्ये सत्तारुढ दल नेपाली कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ ।
नेकपा माओवादी केन्द्रले हिजै दल दर्ता गरेको छ । त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि यसअघि नै आयोगमा दल दर्ता गरिसकेको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मंसिर चारमा एकै चरणमा गर्ने निर्णय गरेको छ ।
सत्यपाटी । काठमाडौं ।