सूचनाको शक्ति - The Power Of Information

        

‘सम्हालिन्छ कहिले मन’ को गीत सार्वजनिक (भिडियो)

फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक भएको छ ।

‘हराए हराए’बोलको गीतमा ताराप्रकाश लिम्बू र अनु चौधरीको स्वर छ भने आनन्द अधिकारीको शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको छ। र सुरेश वाग्लेको शब्द छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर रहेका छन् ।

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा  पूजा, आकाश र सोनमका साथमा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय रहेको छ ।

लण्डन, स्कटल्यान्ड र वेल्समा छायाङ्कन गरिएको ‘सम्हालिन्छ कहिले मन’ एबी इन्टरनेशनल ब्यानरमा निर्माण भएको हो । एबी इन्टरनेशनलले यस अघि बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड फिल्म ‘पासवर्ड’ निर्माण गरेको थियो ।

भाद्र १७ मा प्रदर्शन हुने फिल्ममा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मले त्रिकोणात्मक प्रेमकथाका भन्ने छ l

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ०८:३३