सूचनाको शक्ति - The Power Of Information

        

फिफाले लगायो भारतीय फुटबलमाथि प्रतिबन्ध

फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसअघि फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई पटक–पटक चेतावनी दिएको थियो ।

भारतको सर्वोच्च अदालतले एआइएफएफमा आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न भनेको दिएको थियो । तर, आफूलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो । अदालतको आदेश हटे फिफाले निलम्बन फुकुवा गर्नेछ ।

भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन । यसको प्रत्यक्ष असर यू–१७ महिला विश्वकपलाई पर्ने देखिएको छ । प्रतिबन्धसँगै अब यो विश्वकप पनि भारतबाटै अन्य देशमा सार्ने तयारी भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ०८:१२