सूचनाको शक्ति - The Power Of Information

        

मौसम : यी प्रदेशमा बिहानैदेखि वर्षा

फाइल तस्वीर

देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ । आज बिहान देशका अधिकांश भू–भागमा आंशिक बदली रहको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, गेग्रान बहावको सम्भावना रहेको छ । वर्षाका कारण यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार ०६:३८