कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि सरकारले सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा र पूर्ण मात्रा लगाईसकेकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।
तर, कर्णाली प्रदेशका नागरिकले भने खोपलाई बेवास्ता गरेका कारण १० हजार मात्रा खोपको म्याद गुज्रेर खेर गएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले दिनुभएको जानकारीअनुसार निर्देशनालयले खोप लगाउनका लागि आह्वान गरे तापनि धेरैले चासो नदिएका कारण १० हजार खोप नष्ट भएको छ ।
कोरोना संक्रमणको सुरूवाती चरणमा खोप लगाउन भीड बढे पनि कोरोना संक्रमण कम हुँदै गएपछि कर्णालीमा खोप लगाउनेहरूको संख्यामा पनि कमी आएको उहाँले बताउनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । सुर्खेत ।