सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा आइतवार ३ जनामा कोरोना पुष्टि

बाँकेमा आइतवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जमुनाहा नाकामा २ र राप्तीसोनारी गाउँपालिकामा एक गरी तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये एक जना महिला र दुई जना पुरुष छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २ सय ७४ पुगेको छ ।

यस्तै आइतवार थप ७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २० हजार ८ सय ३७ पुगेको छ । जिल्लामा कूल सक्रिय संक्रमितको संख्या ८४ रहेको फोकलपर्सन वलीले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार १८:१३