सूचनाको शक्ति - The Power Of Information

        

आयोगले भन्यो, ‘प्रचार–प्रसारको समय घटाउँछौं’

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रचार गर्ने समय घटाउने तयारी गरेको छ ।

निर्वाचनको प्रचार अवधि करिब डेढ महिना दिएको भन्दै आलोचना भएपछि समय घटाउने तयारि आयोगले गरेको हो । प्रचार अवधि बढी भएमा मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगको समय–समयमा विरोध हुँदै आइरहेको छ ।

आयोगका प्रवक्ता शालिकराम पौडेलले प्रचारप्रसारको समय घटाउने विषयमा छलफल भइरहेको बताउँदै भने, ‘उम्मेदवारीको मनोनयन भइसकेपछि आयोगले प्रचार गर्ने समय घटाउनलाई सोचिरहेको छ । ३० देखि ४० दिनसम्म यसको समय राख्नहुँदैन भन्ने हो ।’

विभिन्न समयमा निर्वाचनका लागि प्रचारप्रसारको समय धेरै दिँदा उम्मेदवारहरूको खर्च बढ्ने, प्रचार–प्रसार अवधिभर राज्यका अंगहरू शिथिल हुने देखिएको छ । प्रचारप्रसार गर्ने समय घटाएर निर्वाचनलाई व्यवस्थित बनाउने तयारीमा लागेको पौडेलको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार १३:३६