सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका नवनियुक्त पर्यटनमन्त्री शाहीले लिए शपथ

कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शाही गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए ।

त्यसलगतै उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको थियो ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाही मन्त्रीमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार १२:४५