सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

देशका एक–दुई स्थानमा भारी वर्षा

वाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

फाइल तस्वीर

देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार वाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने पनि विभागले जनाएको छ ।

प्रदेश–१, वाग्मती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका थोरै र प्रदेश–१, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतवार ०५:५४