सूचनाको शक्ति - The Power Of Information

        

थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरि तीन हजार एक सय ६५ जनाको नमूना परीक्षण गर्दा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप पाँच सय एक जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ ।

अहिले नेपालमा पाँच हजार चार सय ३४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २७ हजार तीन सय २१ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको संख्या ४९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ललितपुरको लगनटोल र सातदोवाटोमा एक–एक जनामा हैजा पुष्टि भएसँगै हैजाका बिरामीको संख्या ४९ जना पुगेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १९:०९