सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ ।

सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेको छ । गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारबारे दलहरुमा आन्तरिक छलफल सुरु भएको छ ।

यसै विषयमा केन्द्रित रहेर नेपाली काँग्रेसको पनि केन्द्रीय कार्यदलको बैठक आज बस्दैछ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १०:४०