सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘चङ्गा चेट २’मा विपिन अनुबन्धित

फिल्म ‘चङ्गा चेट २’मा अभिनेता विपिन कार्की भित्रिएका छन् ।

दीपेन्द्र के. खनालले निर्देशन गर्न लागेको फिल्ममा बिहिबार कागजि सम्झौता गरी भित्र्याइएको हो ।  उनीसँग निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेकी हुन् ।

दीपेन्द्रसँग उनको यो तेस्रो जुगलबन्दी हो । यसअघि उनीहरुबीच ‘पशुपति प्रसाद’ र ‘के घर के डेरा’मा सहकार्य भएको थियो । फिल्मको छायांकन तिहारपछि सुरु गर्ने निर्माण टिमको योजना छ ।

साथै , नायिकाको भने खोजि कार्य जारी छ । फिल्ममा यसअघि अभिनेता अर्पण थापा अनुबन्ध भइसकेका छन् ।  यतिबेला फिल्मको स्क्रिप्टमा काम भैरहेको छ ।

२०७५ सालमा प्रदर्शन भएको ‘चङ्गा चेट’लाई माधव वाग्लेले निर्माण गरेका थिए । तर, फिल्म प्रदर्शनको समयमा उनलाई आर्थिक समस्या उत्पन्न भएपछि निर्माताको रुपमा पाण्डे जोडिएकी थिइन् ।

उनले निर्माता वाग्लेबाट फिल्मको सम्पूर्ण अधिकार लिएर ‘चङ्गा चेट २’ बनाउन लागेकी हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार ०८:४४