सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्न लागेको हो ।

बैठकमा आगामी निर्वाचनको तयारी, गठबन्धनमा भागबण्डा गर्दा पार्टीले राख्नुपर्ने सिट, जनप्रतिनिधिको भेलालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसलाई आगामी चुनावका लागि सिट भाग लाउनुपर्ने चटारो छ । देशभरका १६५ सिटकै अवस्था विश्लेषण गरेर कांग्रेसले सिट दाबी गर्ने तयारी गरेको छ ।

प्रतिनिधि सभाका लागि झण्डै सय सिट पार्टीले पाउनुपर्ने दाबी कांग्रेसका नेताहरूले गर्दै आएका छन् । तर, गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादीका नेताहरू कांग्रेसलाई सय सिट दिन तयार छैनन् । यसबारे कांग्रेसले शनिबारको बैठकमा छलफल गर्ने छ ।

गठबन्धन दलबीच सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार ०८:२८