सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : मेष, कन्या र धनुलाई उत्साह

२०७९ साउन २७ गते, शुक्रवार, १२ अगस्ट २०२२ । श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, ७ः२५ बजेदेखि भाद्र कृष्ण प्रतिपदा । धनिष्ठा नक्षत्र । चन्द्रराशि– मकर, १६ः३४ बजेदेखि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । सजिलै काम सम्पादन हुनाले दिगो योजना बन्नेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

शरीर कमजोर बन्नाले समयमा काम गर्न समस्या पर्नेछ । आफ्नो गोपनीयता बाहिरिनाले समस्यामा परिनेछ । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला । खर्च लागे पनि दिगो काम फेला पर्न सक्छ । समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । चुनौती पन्छाउँदै रोकिएका काम गर्न सकिनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साथीभाइ जुट्नाले सजिलै उद्देश्य पूरा हुनेछ । सानो प्रयत्नले राम्रो नतिजा दिलाउनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनग्गे अर्थ लाभ हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्च लागे पनि रोकिएको काम सम्पादन हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । दिगो आम्दानी हुने काम फेला पर्नेछ । बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा साथीभाइ टाढिनेछन् । तापनि पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । अरूका लागि काम गर्नुपरे पनि धनलाभ भने हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रचनात्मक काममा जुट्ने समय छ । चुनौती पन्छाएर पनि कामको जग बसाउने मौका छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । आँटले काम सम्पादन हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार ०८:३०