सूचनाको शक्ति - The Power Of Information

        

तीज गीत ‘चरी जेलैमा–२’ सार्वजनीक (भिडियोसहित)

गायिका विष्णु माझीले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चरी जेलैमा–२’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

गीतले श्रीमानप्रति गरिएको अपेक्षा, उनले श्रीमतीलाई दिने दुःख र बेदना समावेश छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीको स्वर छ । गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन पनि सुन्दरमणि स्वयंको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार ०९:३१