सूचनाको शक्ति - The Power Of Information

        

रणवीर सिंह विरुद्ध कलकत्ता उच्च अदालतमा मुद्दा दर्ता

बलिउड अभिनेता रणवीर सिंह अहिले न्यूड फोटोसुट प्रकरणका कारण समस्यामा परेका छन् ।

एक एनजीओ अफिसरले मुम्बई प्रहरीमा हालेको एफआईआरपछि अब रणवीर सिंहविरुद्ध कलकत्ता उच्च अदालतमा पत्रिकाको प्रति जफत गर्न उजुरी दर्ता गरिएको छ ।

जसमा रणवीरको नग्न फोटोसुट भएको ‘पेपर म्यागजिन’ का सबै छापिएका प्रतिहरू जफत गर्न आदेश दिन अदालतमा अपिल गरिएको छ ।

कलकत्ता उच्च अदालतमा रणवीर सिंह विरुद्ध उजुरी दर्ता गर्दा, उजुरीकर्ताले अदालतलाई पश्चिम बंगाल सरकार र यस मामिलासँग सम्बन्धित सबै अधिकारीहरूलाई २३ जुलाई मा प्रकाशित रणवीर सिंहको फोटोसुट भएको पेपर म्यागजिनका सबै छापिएका प्रतिहरू जफत गर्न निर्देशन दिन अनुरोध गरेको छ ।

यसका साथै पश्चिम बंगाल राज्यमा रहेको अन्तर्राष्ट्रिय पत्रिकाको वेबसाइट ब्लक गर्न पनि उजुरीमा माग गरिएको छ । अधिवक्ता नाजिया इलाही खानले रणवीरको विरुद्धमा यो निवेदन दिएकी हुन् ।

उजुरीमा नाजियाले जनताको ठूलो वर्गको रायका आधारमा यी कलाकारको तस्बिरलाई अश्लील भनेकी थिइन् । यस बाहेक, उजुरीमा यो पनि दावी गरिएको छ कि पश्चिम बंगालमा रणवीरको फोटोसुटले जनताको दिमागलाई गलत दिशामा धकेल्छ, विशेष गरी नाबालिगहरूको लागि ।

यसअघि रणवीर सिंहविरुद्ध एक एनजीओ अफिसर ललित श्यामले मुम्बईको चेम्बुर पुलिस स्टेशनमा उजुरी दिएका थिए ।

जसमा रणवीरले सामाजिक सञ्जालमा नग्न तस्विर शेयर गरेर महिलाको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ । उजुरीपछि मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको थियो ।

आईपीसीको धारा ५०९, २९२, २९४, आईटी एक्ट को धारा ६७A अन्तर्गत उनको विरुद्ध मुद्दा दर्ता गरिएको थियो । एनजीओका वकिलले भने कि आईपीसीको धारा २९२ अन्तर्गत ५ वर्ष र धारा २९३ अन्तर्गत ३ वर्षको जेल सजायको प्रावधान छ ।

साथै, आईटी ऐन ६७A अन्तर्गत, ५ वर्षको सजाय हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ०८:५४