भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएका जनता दल युनाइटेडका नेता नितिश कुमारले सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेस गर्नुभएको छ ।
आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित १ सय ६४ जना विधायक रहेका भन्दै उहाँले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आजै नितिशकुमारले मुख्यमन्त्री पदको शपथ लिने सम्भावना छ ।
हिजो उहाँले जनता दल युनाइटेडका नेता तथा विधायकहरूसँगको बैठकपछि भारतीय जनता पार्टीसँगको साझेदारी अन्त्य गर्नुभएको थियो ।
भारतीय जनता पार्टीले भने गठबन्धन तोड्दै नितिशकुमारले दिएको राजीनामा बिहारका नागरिक र पार्टीबीच धोका भएको प्रतिक्रिया दिएको छ ।
सत्यपाटी । काठमाडौँ ।