सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरका १७ फाजिल कर्मचारी मन्त्रालय फिर्ता

स्वीकृत दरबन्दीभन्दा ‘फाजिल’ कर्मचारी भएपछि बाँकेको कोहलपुर नगरपालिकाले १७ कर्मचारीलाई स्वास्थ्य मन्त्रालय फिर्ता पठाएकोछ ।

कोहलपुर नगरपालिकाले समायोजनमा मिलान भएर नगरपालिका अन्तर्गतका कार्यालयमा पठाइएका १७ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाएको हो ।

नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भएको भन्दै १७ जनालाई मन्त्रालयमा नै फिर्ता पठाउने निर्णय गरेको थियो ।

नगरपालिकाले दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई तलब भत्ता उपलव्ध गराउन नसक्ने भन्दै मन्त्रालयलाई फिर्ता पठाएको जनाकारी दिएको छ ।

फिर्ता पठाउने निर्णय र फिर्ता पठाइएका कर्मचारीको नामसहित नगरपालिकाले मन्त्रालयमा पत्र पठाएको छ । यसरी फिर्ता पठाएको कर्मचारीमा सिनियर अहेवअ, स्टाफ नर्स, अनमि, अहेव, सिनियर अनमि निरीरीक्षक र हेअ रहेकाछन् ।

नेपाल सरकारबाट स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भएपछि कोहलपुर नगरपालिकालाई वार्षिक एक करोड आर्थिक भार हुने गरेकोछ ।

ती कर्मचारीका लागि सरकारले ब्यवस्था नगरिदिदाँ आन्तरिक स्रोतबाट तलब, भत्ता खुवाउनै नसक्ने स्थितीमा कोहलपुर नगरपालिका पुगेपछि फाजिल कर्मचारीलाई मन्त्रालय पठाउने निर्णय गरिएको थियो ।

यी हुन् फिर्ता पठाउने निर्णय भएका १७ कर्मचारी

गेहराज खनाल, शारदा चन्द, मिठ्ठु कुमारी शाही, राधाकुमारी केसी, शरु थापा, नन्दकला खड्का डाँगी, पशुपति मल्ल, निरुता केसी, स्मृति तिवारी, कल्पना घर्ति शर्मा, कृष्णमाया न्यौपाने, शान्ती गहतराज, राधिका गैरे, पवित्रा देवकोटा, सुशिला बुढाथोकी, राजु धिताल र प्रतिभा विसी ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १८:५८