सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी

बाँकेमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले दिएको जानकारी अनुसार यि मध्ये २१ जना बाँकेका रहेका छन् ।

नेपालगन्जस्थित भेरी अस्पतालमा २१ वटा नमुना परिक्षण गर्दा १७ जना, खजुरा गाउँपालिकामा ४, जमुनाहा नाकामा ३ र नेपालगन्ज मेडिकल कलेजमा १ जनामा कोरोना भाइरस संक्रमण भएको उनले बताए ।

बाँकेमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २१ हजार २ सय ३४ जना संक्रमित भएका छन् । केन्द्रका अनुसार  २० हजार १६ जना निको भएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १८:५४