सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथमा साना किसान उद्यमका महिलाहरुले बाख्रा उपहार प्रदान गर्दै

बाँकेको बैजनाथ गाउँपालिकामा साना किसान उद्यमी सुढृढीकरण परियोजनामा आवद्ध भएका महिलाहरुले उपहार स्वरुप समुहका महिलाहरुलाई बाख्रा उपहार दिएका छन् ।

बैजनाथ गाउँपालिका वडा न ५ स्थित उपकारकी महिला सदस्य तुलसा थापाले समुह सदस्य लक्ष्मी थारुलाई दुई वटा बाख्रा उपहार दिएकी हुन् ।

आर्थिक, सामाजिक सवलीकरण र दिगो विकास लक्ष्य हासिल गर्नाका लागि निवर्तमान स्थानीय सरकारले संचालन गरेको साना किसान उद्यमी सुढृढिकरण परियोजना मार्फत गठन गरिएका समुहहरुमा एक हजार उन्नत जातका बाख्रा तिन सय १३ खोर निमार्ण तथा सुधार, उन्नत जातका ७५ विउ बोका, विभिन्न डाले तथा भुई घाँसका विउ वेर्ना वितरण गरेको थियो ।

हेफर प्रोजेक्ट नेपाल, बैजनाथ गाउँपालिका र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित उक्त परियोजना मार्फत सात सय बाख्रा उत्पादन भई उपहार दिइसकिएको छ ।

अन्य ३ सय बाख्रा यो साल वितरण गरिने उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १८:५२