सूचनाको शक्ति - The Power Of Information

        

छोराको हत्या आरोपमा कोहलपुरमा एकजना पक्राउ

३ वर्षीय छोराको हत्या गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन् । बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बसेका डम्बर बहादुर बोहरा पक्राउ परेका हुन् ।

उनी घरबाट साउन १६ गते ३ वर्षीय छोरालाई लिएर फरार भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । नाबालकको खोजीका लागि आफन्तले निवेदन दिएपछि बोहरा बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् ।

बोहरालाई सोधपुछपछि उनले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरीले बताएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १८:४८