सूचनाको शक्ति - The Power Of Information

        

‘मोहर्रम’को अवसरमा बाँकेका दुई पालिकामा सार्वजनिक बिदा

बाँके जिल्लाका दुई पालिका नरैनापुर र जानकी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन्। मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमुको अवसरमा आज सार्वजनिक बिदा दिएका हुन्।

नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी दिए।

त्यस्तै जानकीका अध्यक्ष छब्बन खाँले सोमबार बसेको कार्यपालिकाको बैठकले मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकोे बताए।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले मोहर्रमको अवसरमा एक दिन विद्यालय बन्द गरेको छ। स्थानीय पर्व बिदा दिने नगर शिक्षा समितिको निर्णयअनुसार सो बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले जानकारी दिए। सो पर्वमा मुस्लिम समुदाय नयाँ वर्षको अवसरमा खुशीयालीका साथ मनाउने गर्छन्।

विश्वभरि नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्जमा पनि विगतदेखि नै मनाउँदै आएको मोहर्रम पर्व तथा व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन वारशीले जानकारी दिए।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०८:५१