सूचनाको शक्ति - The Power Of Information

        

मेरो माइक्रोफाइनान्सले दियो प्रहरीलाई १५ थान कुर्सी

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रहरी चौकीका लागि १५ थान कुर्सी र एउटा टेबल हस्तान्तरण गरेको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी तथा नागरिकको सुविधाको लागि शाखा कार्यालय वीरेन्द्रनगर, सुर्खेतले बाङ्गेसिमल प्रहरी चौकीलाई कुर्सी सहयोग गरेको हो ।

वीरेन्द्रनगरका शाखा प्रबन्धक प्रशान्त शाहले कुर्सी हस्तान्तरण गर्दै संस्थाले सदैव आफ्ना ग्राहक तथा सरोकारवालाहरुको हितलाई सर्वोपरि मान्दै आएको र संस्थाले सामाजिक विकासप्रति सधै सजग र सचेत रहेको समेत बताए ।

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड सुर्खेत जिल्लामा ३ शाखा कार्यालय सहित वीरेन्द्रनगर अनुगमन कार्यालय अन्तर्गत दैलेख, जाजरकोट, कालिकोट र रुकुममा समेत लघुबित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०८:३१