सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार झन्डै १८ अङ्कले घट्यो

हिजो आइतवार १० अङ्कले बढेको शेयर बजार आज साेमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६७ अङ्कले घटेर २ हजार १ सय ६ दशमलव १६ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्यचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक अन्य र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय १४ वटा कम्पनीकाे ६५ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २० करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भयो । आज जानकी फाइनान्सको शेयर चार प्रतिशतभन्दा धेरै तथा साम्लिङ पावर, एसियन लाइफ इन्सुरेन्स, कर्णाली विकास बैंक, माउन्टेन हाइड्रो नेपाल र युनाइटेड मोदी हाइड्राेको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि गुराँस लघुवित्त र हिमालयन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १९:०५