सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रहरी प्रवक्ता न्यौपानेको सरुवा, कार्यालयले गर्यो बिदाई

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेको सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतमा उनको सरुवा भएको हो । नेपाल प्रहरी प्रधान कार्यालयको २०७९ साउन २० गतेको पत्रादेशले जिल्ला प्रहरी कार्यालय पर्वतमा उनको काज सरुवा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार एक कार्यक्रमका बीच न्यौपानेलाई बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले बिदाई गरेका थिए ।

कार्यालयका तर्फबाट एसपी अधिकारीले मायाको चिनो प्रदान गरेका थिए । साथै पारिवारिक तथा ब्यवसायिक जीवनको सफलता शुभकामना सहित बिदाई गरे ।

प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यालय तथा मातहत प्रहरी ईकाईबाट सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १८:५८