सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कोरोनाका ९ संक्रमित थपिए

बाँकेमा सोमवार ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् । १ जना बाहिरी जिल्लाका हुन् ।

भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । यस्तै ४ जना निको भएका छन् ।

बाँकेमा कोरोना संक्रमितको संख्या २१ हजार २१३ पुगेको छ । यस्तै २० हजार ८०९ जना निको भइसकेका छन् । अहिले बाँकेमा ५१ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमित सबै होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १८:५५