इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ ।
३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो ।
३ दिनसम्मको संघर्षमा ४३ जना मानिसको मृत्यु भइसकेको छ । जसमा १५ बालबालिका रहेका छन् । साेही घटनामा ३ सय प्यालेस्टाइनी घाइते भएका छन् ।
इजरायलको कब्जामा रहेको वेष्ट बैंकमा गाजापट्टीको आतंकवादी समूह (पीआईजे) का वरिष्ठ सदस्यको गिरफ्तारी भएपछि गाजापट्टीले इजरायलमा आक्रमण गर्न सुरू गरेको हो ।
यसैबीच संघर्ष बिरामको उलंघन गरे गाजामा भीषण आक्रमण गर्ने जनाइएकाे छ ।
सत्यपाटी । काठमाडौँ ।