सूचनाको शक्ति - The Power Of Information

        

भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण तीव्र

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणको गति तीव्र भएको छ ।

आइतबार त्यहाँ एकै दिन २ हजार ४ सय बढी काेराेनाका नयाँ संक्रमित फेला परेका हुन् ।

यो संख्या ६ महिना यताकै बढी हो । संक्रमणको दर १२ प्रतिशत माथि पुगेको नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

निको हुने दर भने अहिले पनि १४ प्रतिशत रहेको छ । गत साता काेराेना संक्रमणको दर यसको आधा मात्रै थियो । भारतमा संक्रमण दर बढेसँगै मृत्यु दरमा पनि वृद्धि भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ०८:१२