सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको भाउ तीन दिनदेखि स्थिर, अन्य केही देशको घट्यो

अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ पछिल्लो तीन दिन देखि स्थिर रहेको जनाएको छ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा छ।

युरो, बेलायती पाउण्ड र कतारी रियालको मूल्य भने घटेको छ। बैंककाअनुसार यूरो एकको खरिद दर १२८ रुपैयाँ ७९ पैसा र बिक्री दर १२९ रुपैयाँ ४१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५० पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ०७:५८