सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभाको बैठक बस्दै

यस्तो छ आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची

१२ औँ अधिवेशनको ४५औँ बैठक

राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२ औँ अधिवेशनको ४५औँ बैठक हो ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ०७:५४