सूचनाको शक्ति - The Power Of Information

        

१४ हजार जना मरेको ‘मृत्यु होटल’, जहाँ मानिस मर्न आउँछन्

एउटा दुईतले भवन जसलाई मानिसहरू ‘मृत्यु होटल’ पनि भन्छन् । यो घरमा मानिसहरू मृत्यु पर्खिनका लागि आउँछन् । वाराणसीमा रहेको काशी लाभ मुक्तिभवन मृत्यु कुर्ने मानिसहरूको अन्तिम गन्तव्य हो ।

त्यो दुई तले भवनका १० कोठाले अहिलेसम्म १४ हजारभन्दा बढीको मृत्यु देखिसकेका छन् । भवनको मर्मत सम्भार गर्ने अनुराग शुक्ला भन्छन्, ‘अन्तिम सास लिने व्यक्तिले पैसा तिरेर पनि पाँच तारे होटलमा बस्न चाहेमा कोठा पाउँदैनन् ।’

मर्ने मान्छेलाई साथमा राख्न कोही चाहँदैन । काशीमा मुक्तिको खोजीमा आएका यस्ता मानिसहरूको स्थान मुक्ति भवन हो ।’ यहाँ अहिलेसम्म १४ हजार ८७८ जना मृत्यु भेट्न आएका छन् ।’ हरियो काठको ढोका र सेतो पर्खालले घेरिएको यो भवन सन् १९०८ मा बनेको हो, यो आफैंमा एउटा कथा हो ।

यहाँ हरेक कोठामा मृत्यु पर्खिरहेको छ । यसबारे मुक्ति भवनका प्रशासक शुक्ला भन्छन्, ‘साँच्चै यस्तो हुन्छ ! कहिले एम्बुलेन्स वा गाडी भवनभित्र पसेपछि बिरामीले मुक्ति पाउँछ ।’ यस्ता धेरै मानिस छन्, जसको अनुहारमा मृत्युको सेतोपन छ ।

रातभरि पीडामा रहन्छन्, ओछ्यानमा सुतेर शरीरमा घाउ हुन्छन् तर मर्दैनन् । त्यसपछि उनीहरू फर्किनुपर्छ । वास्तवमा, भवनको नियम छ कि यहाँ एक कोठा १५ दिनको लागि मात्र पाइन्छ । यति बेलासम्म पनि मुक्ति पाउन नसके बाहिर जानुपर्छ ।

कहिलेकाहीँ अवस्था हेरेर १५ दिनको म्याद थपिने पनि हुन्छ । यी ती मानिस हुन् जसलाई डाक्टरले बचाउन नसक्ने भनिसकेका छन् । जसको शरीरले बिस्तारै काम गर्न छोडेको छ । जसले खान र पिउन लगभग छोडिसकेका छन् र जसको आँखामा मृत्युको पर्खाइ चम्किन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतवार १९:३६