सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा आइतवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बाँकेमा आइतवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ५ र जमुनाहा नाकामा २ गरी ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या २१ हजार २०५ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २० हजार ८०५ जना निको भइसकेका छन् । जिल्लामा अहिले ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतवार १९:३३