सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा साढे २९ अर्ब बढी राजस्व संकलन

संघीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगञ्ज बाँकेको तथ्याङ्कानुसार संघीय सरकारतर्फ २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व सङ्कलन भएको हो ।

संघ र प्रदेश गरी बाँकेमा आव २०७८/७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार ३ सय ७६ राजस्व सङ्कलन भएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतवार १९:३१