प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जमिनमा नेपालगन्ज उपमहानगरपालिकाले चिल्ड्रेन पार्क बनाउने भएको छ ।
करिव ६ करोड रुपैयाँ लागत अनुमान रहेको सो वाल पार्कको आइतबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे ।
यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरंग जेभीले निर्माणको जिम्मा पाएको छ ।
भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गरे ।
सत्यपाटी । बाँके ।