सूचनाको शक्ति - The Power Of Information

        

‘ब्रह्मास्त्र’को दोस्रो गीतको प्रिभ्यू इभेन्टमा अलियाले देखाइन् बेबी बम्प

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर यतिबेला आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोशनमा व्यस्त छन् । हालै आलिया, रणवीर र निर्देशक अयान मुखर्जीसँग मुम्बईमा ब्रह्मास्त्र’ फिल्मको गीत प्रिभ्यु कार्यक्रममा देखिएका थिए ।

जसका धेरै तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी तस्बिर र भिडियोमा पहिलो पटक आलिया भट्टको बेबी बम्प स्पष्ट देखिएको छ ।

वास्तवमा, आलिया र रणवीर शनिबार (अगस्ट ६) मा ‘ब्रह्मास्त्र’ को दोस्रो गीत ‘देवा देवा’ को प्रिभ्यु कार्यक्रममा पुगेका थिए । भाइरल भिडियोमा आलिया पति रणवीर र अयानसँग कार्यक्रममा पापाराजीको अगाडि पोज दिइरहेको थिई ।

आलियाले ब्राउन कलरको ड्रेस लगाएकी छिन्, जसमा उनको बेबी बम्प पहिलो पटक स्पष्ट देखिएको थियो । रणवीरले कालो टिसर्ट र कालो जिन्स लगाएका छन् ।

लामो समयपछि दुवै पहिलो पटक सँगै देखिएका थिए । आलिया भट्टले पनि यस कार्यक्रममा फोटोसुट गराएकी छिन् । जसका उनले केही तस्विर शेयर गरेकी छन् ।

गीत ८ अगस्टमा रिलिज हुँदैछ । आलियाले २ दिनअघि ‘देवा देवा’ को टिजर पनि फ्यानसँग सेयर गरेकी थिइन् । फिल्मको ट्रेलर र पहिलो गीत ‘केसरिया’ सार्वजनिक भइसकेको छ ।

‘ब्रह्मास्त्र’ मा आलिया–रणवीरका अलावा अमिताभ बच्चन, नागार्जुन र मौनी रोय पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्म सेप्टेम्बर ९ मा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा हलमा रिलिज हुनेछ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतवार ०९:२३