सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

यसकारण एमालेले जित्नुपर्छ

प्रतिक्रियावादी गठबन्धन र विदेशी शक्तिलाई धुलो पार्न सामर्थ्य नेपाली नागरिकमा छ ।

स्थानीय निर्वाचनको रौनक सकिएसँगै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ध्यान केन्द्रित भैरहेको बेला नेपाल सरकारले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन हुने घोषणा गरेसँगै दलहरु काकाकुल भएका छन् । आ–आफ्नो पार्टीको जितको बेग्न तयारीमा जुटिकेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलिय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णयसँगै सचेत नागरिक गठबन्धन हराउने अभियानमा जुटिसकेका छन् ।

किनकी यो गठबन्धन अवैध हो । एक अर्कासँग न कुनै सिद्धान्त मिल्छ, न कुनै विचार विधी र पद्धति नै मिल्छ । ब्रह्मलुट पार्ने सरल उपाय पनि गठबन्धन गर्नु हो । यो गठबन्धन देशको हितमा बन्दै बनेको छैन । गठबन्धनको पक्षमा परिणाम ल्याउने कुकर्ममा तालमेल गरिरहेका छन् । यो कुरा नागरिकहरुले बुझ्न जरुरी छ । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । तर आफ्नो स्वार्थको लागि र नेकपा एमालेसँग पूर्वाग्रह राखेर एमालेविरुद्ध सम्पूर्ण सत्ताको दुरुपयोग गरी एमालेलाई हराउने र सत्तामा आउन नदिन यो प्रपन्च रचिएको छ ।

अवैधानिक सरकारको नेतृत्व देउवाले देशलाई अझै भुपरिवेष्ठित भुमरीमा फसाउने षड्यन्त्र हो । यो रोक्ने तपाईं हाम्रो दायित्व हो । यो नागरिकमारा देशद्रोही गठबन्धनको देश सक्काउने सपना चकनाचुर पार्न सम्पूर्ण देशलाई माया गर्ने आम नागरिकले सतर्कता अपनाउन जरुरी छ । एमाले सक्काउने रणनीतिलाई परास्त गर्न सकेमात्र नेपालको राजनीति सही ट्रयाकमा ल्याउन सकिन्छ । किनकी एमालेको भिजन मिसन सही छ । विचार, विधी, पद्धती, सिद्धान्त र मार्गचित्र स्पष्ट छ ।

नेकपा एमालेको गर्विलो एतिहास र भविष्यको रेखाङ्कन सही केन्द्र बिन्दुमा छ । तसर्थ एमालेले जित्नैपर्छ । देश र एमालेले जित्नु भनेकै नागरिक, ढुङ्गा, माटो, बोटबिरुवा सबैको जित हो । एमालेले जित्दा बाह्य शक्तिको हारसँगै देश खोक्रो बनाउने भष्मासुरहरुको पराजय हुनेछ । बलियो राष्ट्रिय शक्ति निर्माणसँगै ‘सुखी नेपाली समृद्ध नेपाल’को विजारोपण हुनेछ । देशप्रति कति जिम्मेवार छन्, नागरिकप्रति कति बफादार छन् भन्ने कुरा यो एक बर्षको अवधिमा परमादेश सरकारले प्रष्ट देखाइसकेको छ ।

नागरिकको ढाड सेक्ने गरी महंगी, भ्रष्टाचार, लुटपाट, हत्या, हिँसा, बलत्कार, चोरी डकैती र राष्ट्रघाती सम्झौता एमसीसी–एसपीपीसँगै नागरिकता विद्येयकलाई नागरिकले राम्रोसँग बुझिसकेका छन् । योभन्दा पहिला असफल कांग्रेसले राष्ट्रका उद्योग, कलकारखाना, नदीनाला नेपालका भू–भाग बेचिसकेको सबैमा जगजाहेर नै छ । सरकार नेपाली नागरिकको हो या दक्षिणपन्थी अवसरवादीहरुको ? विदेशी मालिकहरुलाई खुशी बनाउन पोख्त रहेको कुरा घाम जतिकै छर्लङ्ग छ ।

गठबन्धनका शीर्ष नेताहरु समय समयमा मालिकहरुलाई खुशी पार्ने र राष्ट्र विपरित सम्झौता गर्ने बिदेश भ्रमण गएको सबै जानकार छन् । त्यसकारण यो असवैधानिक परमादेश र देशलाई श्रीलंकाजस्तो बनाउन दिनरात लागिपरेका देशका गद्दारहरुको हार हुन अपरिहार्य छ । नागरिकको आवश्यकताभन्दा बाहिर रहेर आफु र आफ्ना आसेपासेहरुको हालीमुहालीका लागि यो गठबन्धनको उदय भएको हो । यो गठबन्धन नागरिकको मतको अपमान हो । यो राष्ट्रघात गर्ने दाउपेच हो । पाँच–पाँच चोटी प्रधानमन्त्री भैसकेका देउवाले देशलाई अहिलेसम्म के दिए ?

असफल घोषित भइसकेका प्रधानमन्त्री देउवालाई फेरि प्रधानमन्त्री बनाउनु भनेको अन्धो मान्छेलाई कुर्सीमाथि राख्नुजस्तै हो । देउवाले राष्ट्र बिपरित र आफु अनुकुलमात्र राजनीतिक गरे । देउवाको नेतृत्वमा बनेको सरकारको अहिलेसम्मको उदाहरणीय काम के छ ? प्रतिक्रियावादी गठबन्धन र विदेशी शक्तिलाई धुलो पार्ने सामर्थ्य नेपाली नागरिकमा छ । त्यसैले आफ्नो स्वविवेक प्रयोग गरेर मतदान गरौं । बाह्य शक्तिहरुसँग कहिले झुक्ने जानेनन्, सत्यसँग नलड्ने शक्तिसामु नझुक्ने एमालेलाई विजयी गराऔं ।

टिकट लिने होडबाजीमा आफ्नै पार्टीलाई पराजयको बाटोतिर नधकेलौं । योग्य सक्षम र क्षमतावानलाई पार्टीलाई जित गराउने ब्यक्तिलाई टिकटमा प्रोत्साहन गरौं । इमान्दारीका साथ आफ्नो काम कारवाहीलाई चुस्त दुरुस्त राखौं र पार्टीलाई विजयोन्मुख बनाऔं, म होइन हामी भन्ने भावनामा राजनीति गरौं र जित शुनिश्चित गरौं, मैले टिकट पाए जित्छु र अरुले पाए जिताउँछु भन्ने प्रतिज्ञाका साथ लागौं ! पार्टीलाई विजयी गराऔं ।

एमाले नै किन रोज्ने ?

हुनत देशमा अहिले स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहदेखि हर्क साम्पाङजस्ता धेरैले स्थानीय तह चुनाव जितेका छन् । अझै पनि प्रदेश र संघीय निर्वाचनका लागि पनि स्वतन्त्रको नाममा सागर ढकालदेखि मुकुन्देसम्मले पनि विभिन्न क्षेत्रबाट उम्मेद्वारी घोषणा गरेका छन् । दुई शब्द बोल्दैमा चर्चामा आएका सबैले स्वतन्त्र हुँ भन्दै उम्मेद्वारी दिएमा सामाजिक सञ्जालमा भाइरल भेलु बाजे र चाउमिनवाला काले दाइले पनि उम्मेद्वारी नदेलान् भन्न सकिन्न । तसर्थ एमालेले के गर्यो ? भन्ने मुख्य कुरा हो ।

एमालेको राष्ट्रियतामाथि स्पष्ट धारणा छ । एमालेको सरकार भएमा नेपालीले कसैको अगाढी तल्लोस्तरको हेपाहा खेप्नुपर्दैछ । अहिले नेपालमा युवा के भन्छन् ? स्वतन्त्र युवा आउनुपर्छ । यसमा मेरो पनि प्रश्न छ । स्वतन्त्रले जितेपछि प्रधानमन्त्री को हुने ? उसले के काम गर्छ ? त्यसैले मंसिर ४ गतेपछिको प्रधानमन्त्री केपी शर्मा ओली हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रियता जोगिन्छ । त्यसैले मैले एमाले रोजेको हुँ ।

नेपाली युवाहरु वर्तमान राजनीतिक अवस्थाबाट चिन्तित र निराश छन् । तत्कालीन नेकपाभित्र सत्ता प्राप्तिको लागि प्रचण्ड–माधवले गरेको अनैतिक संघर्ष र परमादेशबाट जन्मिएको पाँच दलीय गठबन्धन, सत्ता गठबन्धनले पैदा गरेको भ्रष्टाचार, महङ्गी, कालोबजारी, ओरालो लागेको अर्थतन्त्र र राष्ट्रघाती कदमले नयाँ पुस्तालाई बिद्रोही बनाएको सत्य हो । तर त्यसको विकल्प अराजनीतिक ब्यक्तिहरु, सेलिब्रेटीहरु वा रबि लामिछानेहरु होइनन् ।

हाम्रोजस्तो विदेशी ऋण र सहायता चलेको विकासोन्मुख देशको नेतृत्व गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले बिश्वास गर्ने बलियो राष्ट्रिय शक्तीको निर्माण नै आगामी मंसिर ४ को निर्वाचनको मुख्य दायित्व हो । सत्ता स्वार्थको जगमा परमादेशबाट जन्मिएर पूर्णतः असफल साबित भएको सत्ता गठबन्धनको एकमात्र विकल्प नेकपा (एमाले) हो । आबेगमा होइन विवेकमा निर्णय लिउ । राष्ट्रघाती सत्ता गठबन्धनको विरुद्ध जनमत सिर्जना गरौं । गठबन्धनको प्रयत्न २०७४ मै असफल भएको हो । समकालीन नेपाली नेताहरुको सत्ता स्वार्थले गठबन्धनको संस्कृति सफल हुँदैन । नेकपा (एमाले)को नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गरेर राष्ट्रिय समस्याहरुबाट देशलाई मुक्त गर्न सुर्य चिन्हमा मतदान गरौं ।

मष्टा गाउँपालिका–२, खिकाला, बझाङ

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार १५:४८