सूचनाको शक्ति - The Power Of Information

        

मेलम्चीको तटीय क्षेत्र जोखिममा

सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पूर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने चेतावनीसमेत दिएको छ ।

विभागले उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह पनि गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिएका छन् । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताए ।

त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गएराति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार १०:०७