सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : मिथुनलाई उत्साह, धनु धोका

२०७९ साउन २१ गते, शनिवार, ६ अगस्ट २०२२ । श्रावण शुक्लपक्ष नवमी तिथि । विशाखा नक्षत्र, १४ः२६ बजेदेखि अनुराधा । चन्द्रराशि– तुला, ८ः४२ बजेदेखि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शरीरमा कमजोरीको अनुभूति हुनेछ । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ । समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला । बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ । महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । मान–सम्मान प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ । आजको लाभांश त्याग्नुपर्ने हुन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरका साथ केही समस्या समेत देखा पर्नेछन् । कामको राम्रै मूल्यांकन भए पनि आम्दानी बढाउन निकै मिहिनेत पर्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । प्रतिफल हातपार्न केही समय लाग्नेछ । आँटेको काम बीचमा रोकिनाले सोचेको आम्दानी नहुन सक्छ । सरसापट तथा कर्जामार्फत धन जुट्नेछ । तर हात लागेको रकम अरूका लागि खर्च गर्नुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०७:१२